गाउँ सहर

तास खेलिरहेको अवस्थामा ६ जना प्रहरी नियन्त्रणमा

झापा । दमक नगरपालिका ५ बस्ने दिपेश भट्टराईको खाली घरमा तास खेलिरहेको अवस्थामा ईलाम चुलाचुली गाउँपालिका ५ बस्ने ३९ वर्षीय सुमन सिंह राई सहित ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको जनाएकाे छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएकाे छ ।

गाउँ सहर संवाददाता