कांग्रेस महाधिवेशन : ६ सय मत खस्यो
- गाउँ सहर संवाददाता
- २७ मङ्सिर सोमबार, २०७८ | १५:१६:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाकिधवेशनमा भएको मतदानमा अहिलेसम्ब ६०० मत खसेको छ । झन्डै ४ घण्टा ढिलो गरी शुरु भएको मतदानमा अहिलेसम्म ६०० मत खसेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेसको महाधिवेशनका लागि सोमबार भइरहेको मतदान अन्तर्गत साढे २ बजेसम्म ६ सय मत खसेको छ ।
निर्धारित समयभन्दा साढे तीन घन्टा ढिलो गरि सुरू भएको मतदान गर्न एक जनालाई करिब एक घण्टासम्म लागेको छ ।
एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभा गृहमा एक स्थानमा र भृकुटीमण्डपमा दुई स्थानमा व्यवस्था गरिएको छ ।
महाधिवेशनमा ४७४३ जना प्रतिनिधि छन् । एक महाधिवेशन प्रतिनिधिलाई मतदान गर्न करिब १ घन्टा लाग्ने गरेको छ। २९ मतपत्रमा मत दिनुपर्ने भएकोले समय लागेको हो ।
निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार मतदानका लागि भृकुटीमण्डपमा दुईवटा र राष्ट्रियसभागृहमा एउटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । केन्द्रीय समितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि ४८० जनाभन्दा बढीले उम्मेदवारी दिएका छन् ।
सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । ४ हजार ७ सय २३ जना महाधिवेशन प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयन गर्ने छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस