गाउँ सहर

भूकम्पको धक्का महसुस

काठमाडाैं । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ४ बजेर ३६ मिनेट जाँदा लमजुङको मर्स्याङ्दी गाउँपालिका ६ बाहुनडाँडा आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ६ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

 

केन्द्रका अनुसार उक्त पराकम्प  १२ वैशाख २०७२ कै हो । भूकम्प जाँदा सदरमुकाम बेसीसहरसहित जिल्लाको मर्स्याङ्दी गाउँपालिका हिमाली जिल्ला मनाङ आसपासका जिल्लामा धक्का महसुस भएको थियो । 

गाउँ सहर संवाददाता