देउवा र पाैडेलबीच भेटवार्ता : राजनीतिबाट नबाहिरिनुहोस्
- गाउँ सहर संवाददाता
- २६ मङ्सिर आइतबार, २०७८ | ११:१९:०० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री पुगेका छन् । पौडेललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार राति पौडेल निवास पुगेका हुन् ।
भेटमा देउवाले भने, ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्यमा राम्रो ख्याल गर्नुहोस् ।’ पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्शविपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए ।
देउवाले नेता पौडेललाई राजनीतिमा सक्रिय भइरहन आग्रह गरेको जनाइएको छ । भेटका क्रममा सभापति देउवाले पौडेललाई भविष्यमा कुनै स्थानमा राख्ने आश्वासन दिएको स्रोतले बताएको छ । स्रोतका अनुसार देउवाले नेता पौडेलसँग महाधिवेशनमा आफूलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् ।
पौडेलले इतर समूहमा साझा उम्मेदवार तय नभएपछि कांग्रेस महाधिवेशनमा भावी नेतृत्वको प्रतिस्पर्धाबाट बाहिर बस्ने निर्णय गरेका छन् ।
कांग्रेसको भावी सभापतिका लागि देउवासँगै नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ, युवराज न्यौपानेले उम्मेदवारी दिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्राप्त प्रतिक्रिया
नेपाली काङरेसका भात्रिसंगठन हरु समयमानै हाेस गराै जसरि हुन्छ यी देउपा भन्ने काङरेसका असक्क्षमलाई सभापतिबाट अबकास, बिस्स्राम दिलाउनु पर्छ , हाेस्टेमा हैसे गराै साथि हरु , काङरेसलाई दुर्धटना र चुनाबमा बेचिन बाट बचाउ, ४५ वर्षको उमेरमा गृहमन्त्री ४९ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री र ७५ वर्षको उमेरमा पाँचौ पटक प्रधानमन्त्री भएर पनि देशको लागि केही गर्न नसक्ने शेर बहादुर देउवालाई यो महाधिवेशनमा काँग्रेसले भोट होइन विश्राम दिनुपर्छ!- जय नेपाल
पद लुप्सा देउवा
किन कि अझै मैले धोका दिन छ।
के छर बस्न लाई ठाउँ हुने वाला केही भयन भनेकाे काेहि टेरदैन
राष्ट्रपति दिन्छु बाबा!
नबाहिरिनुस , मलाई ७ पटक सभापती र ७ प्रधानमन्त्री बनाए पछि मात्र जानू हाेला ।
प्रतिकृया दिनुहोस