अर्थतन्त्र

 आइतबार सुनको मूल्य बढ्याे, कति छ बजार भाउ ?

काठमाडाैं । आइतबार सुनको मूल्य बढेको छ ।  छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि तोलामा दुई सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ  ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको  महासंघले बताएकाे छ ।

गाउँ सहर संवाददाता