कांग्रेसकाे केन्द्रिय नेता छान्ने मतदान : ‘आइटेक’ हाेइन ‘हाइटेक’
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर शनिबार, २०७८ | २१:१८:०० मा प्रकाशित

काठमाडौं । १४ औं महाधिवेशनमा पनि नेपाली कांग्रेसले पुरानै शैलीमा कागजकै मतपत्रमा घन्टौं लगाएर महाधिवेशन प्रतिनिधिहरुले मत दिने भएका छन् ।
तर यसपटक पानीट्यांकीमा माथिबाट भ्वाङ पारेर मतपेटिका बनाइएको छ ।
कांग्रेसले शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा एउटा ‘एप’ सार्वजनिक गरेको थियो । एपबाट पार्टीलाई अझै हाइटेक बनाउने बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई समयानुकूल बनाइने बताइरहँदा उता राष्ट्रिय सभागृहमा भने पानीट्यांकीमा माथिबाट भ्वाङ पारेर मतपेटिका बनाइदै थियाे ।
आफूलाई ‘हाइटेक’ बनाउने बताएको कांग्रेसले कुरा ‘आइटेक’ (इन्टरनेशनल टेक्नाेलाेजी) गरेपनि काम भने परम्परागत मतदानमै रमाएको छ ।
महाधिवेशन प्रतिनिधिले २९ वटा मतपत्रमा मत दिनुपर्नेछ । यसरी मत हाल्दा एक प्रतिनिधि बराबर १ घन्टा १७ मिनेट लाग्ने जनाइएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेले डिजिटल भोटिङ मेसिनबाट महाधिवेशन सम्पन्न गरिसकेका छन् तर कांग्रेसले प्रविधिलाई पछ्याउने आँट गर्न सकेकाे देखिएन ।
‘डिजिटल भोटिङ’ नस्वीकारेकाे कांग्रेसले परम्परागत शैलीकै निर्वाचन रोज्दा केन्द्रीय समितिको अन्तिम परिणाम आउन धेरै लाग्ने देखिन्छ ।
जबकि अहिलेभन्दा थोरै मतदाता र कम पदमा निर्वाचन भएको १३ औं महाधिवेशनमा अन्तिम परिणाम आउन दुई साता लागेको थियो । त्यतिबेला ३ हजार १ सय महाधिवेशन प्रतिनिधि थिए भने ६४ पदमा मात्रै निर्वाचन भएको थियो ।
यसपटक १ सय ३४ पदमा निर्वाचन हुँदै छ भने ४ हजार २ सय १९ प्रतिनिधि मतदानमा सहभागी हुँदै छन् ।
आफ्नै पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले बनाएको डिजिटल भोटिङ प्रविधिप्रति सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले नै भर नगरेपछि कांग्रेसले वडादेखि पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला र प्रदेशमा जस्तै गरी कागजको मतपत्र प्रयोग गरी निर्वाचन गर्न लागेको हो । ‘यसपटक पद संख्या धेरै छ, प्रतिनिधि पनि धेरै छन्, त्यसैले परिणाम आउन यसपटक झन् बढी समय लाग्न सक्छ,’ केन्द्रीय सदस्य प्रदीप पौडेलले भने । विभागले गत साउन पहिलो साता नै डिजिटल भोटिङको आफ्नै प्रविधि विकास र सुनिश्चित गरेको जनाएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस