मुक्तिनाथ कृषि कम्पनीले पाेखरामा क्षेत्रीय कार्यालयकाे उद्घाटन
- गाउँ सहर संवाददाता
- २५ मङ्सिर शनिबार, २०७८ | ११:२३:०० मा प्रकाशित
..jpeg)
काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले पाेखरामा क्षेत्रीय कार्यालयकाे उद्घाटन गरेकाे छ । शुक्रबार कार्यक्रम गर्दै कम्पनीले क्षेत्रीय कार्यालयकाे विस्तरसँगै कृषि उद्यमी परिचय पत्र र कृषि प्रदर्शनी केन्द्रकाे उद्घाटन गरेकाे हाे ।
देशभर रहेका कृषक तथा कृषि व्यवसायिहरु समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भईरहेको सेवालाई थप सहज रुपमा संचालन गर्न प्रदेश स्तरीय कार्यालय स्थापना गरेकाे कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले बताएका छन् ।
कार्यक्रमा बोल्दै मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए ।
कार्यक्रम समापन गर्दे कम्पनीका अध्यक्ष ढकालले कृषि क्षेत्रमा धेरै चुनौतिहरु रहेका भएपनि त्यसलाई चिरेर अगाडि बढ्नको लागि मुक्तिनाथ कृषि कम्पनी सक्षम हुने र त्यसको लागि कम्पनीले सोहि अनुसारका योजना तथा कार्यक्रमहरु बनाइरहेको जानकारी दिए ।
साथै कम्पनीले उक्त कार्यक्रमपश्चात तेश्रो वार्षिक साधारणसभा पनि सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, विशिष्ट अतिथिको रुपमा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवि निवारण मन्त्रालयका मन्त्री चन्द्र बहादुर बुढा, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्ययुमन पोखरेल लगायत विभिन्न सरकारी निकायहरुको प्रमुखहरु, कृषकहरु, कृषि व्यवसायिहरु, सहकारीका प्रतिनिधिहरुकाे उपस्थिति रहेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
- आज संवैधानिक नियुक्ति मुद्दाको फैसला हुँदै
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
प्रतिकृया दिनुहोस