इजाजत बिना आएका २ जना भारतीय प्रहरी पक्राउ
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १३:१६:०० मा प्रकाशित

काठमाडाैं । इजाजत बिना आएका २ जना भारतीय प्रहरी पक्राउ परेका छन् । कैलालीमा इजाजत बिना आएका दुई जना भारतीय प्रहरी पक्राउ परेका हुन् । भारतीय प्रहरीका हवल्दार सुनिल कुमार र सिपाही सतेन्द्र कुमार पक्राउ परेका हुन् ।
उनीहरु सवार एचआर ३१ पी ८७७९ नम्बरको टोयोटा गाडीकोे ठक्करबाट एक जना घाइते भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरू सवार गाडीले टीकापुर–९, झुँगाको पीपल बोटनजिकै ठक्कर दिएपछि टीकापुर नगरपालिका–९, रोइनीबोझी बस्ने ४१ वर्षीय इन्दलकुमार गोडिया घाइते भएका थिए ।
घाइते गोडियालाई टीकापुर अस्पतालबाट कोहलपुर रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय प्रहरी झुक्किएर नेपाल प्रवेश गरेको खुलेको बताए ।
‘उनीहरु भारतको नै क्षेत्र हो भनेर खक्रौला नाका भएर नेपाल प्रवेश गरेका रहेछन्,’ उनले भने, ‘फर्किने क्रममा भारतीय प्रहरी सवार गाडीले ठक्कर दिएपछि पक्राउ गरिएको छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस