राजनीति

कांग्रेस महाधिवेशनमा रामेछापबाट यी २७ यी महाधिवेशन प्रतिनिधिले मत हाल्न पाउने

रामेछाप । नेपाली कांग्रेसको चौधौं महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। चार दिनसम्म चल्ने भनिएको यो महाधिवेशनबाट मूलतः आगामी नेतृत्व चयन हुनेछ । कांग्रेसले नीति महाधिवेशन पछि बेग्लै गर्ने भनिसकेको छ।

यो महाधिवेशनले अधिकांश पदाधिकारीसहित १३४ जना केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । एक जना कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य पछि मनोनित हुनेछन् ।

 

यस महाधिवेशनमा रामेछापबाट २७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि छनाैट भइसकेका छन् । जसले केन्द्रीय महाधिवेशनमा उठ्ने पदाधिकारी तथा सदस्यहरूलाइ मत हाल्न पाउनेछन् । रामेछापबाट पार्टी निर्धारण गरेको मापदण्ड अनुसार महिला, पुरुष, जनजाति दलित, अपाङकता भएका व्यक्तिहरुको प्रतिनिधित्व रहेको छ ।

जिल्ला पार्टी सभापति पूर्णबहादुर तामाङदेखि पूव सांसद र पूर्व जिल्ला सभापतिहरु केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी भएका छन् । 

यी हुन् कांग्रेस महाधिवेशनकाे मतदानमा भाग लिन पाउने रामेछापका २७ केन्द्रीय महाधिवेशन प्रतिनिधि

गाउँ सहर संवाददाता