राजनीति
कांग्रेस केन्द्रीय बैंठक सकियाे, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन पारित
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १५:१२:०० मा प्रकाशित

काठमाडाैं । कांग्रेसको केन्द्रीय कार्यसमितिले १४औँ महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिक सहितका प्रतिवेदन पारित गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले शुक्रबारबाट सुरु हुन लागेको १४औँ महाधिवेशनमा पेस गरिने प्रतिवेदनलाई पारित गरेको नेता महेन्द्र यादवले जानकारी दिएका छन् ।
बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंहसहितका नेताहरुले सो बैठकलाई बहिस्कार गरेका थिए ।
काठमाडौंमा शुक्रबारबाट कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदै छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस