कमल थापालाई मनोसामाजिक परामर्श लिन सुझाव
- गाउँ सहर संवाददाता
- २३ मङ्सिर बिहीबार, २०७८ | १०:५४:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था माथिको निष्ठामा आँच आउने गरी राप्रपा भित्र कसैले पनि काम गर्न नहुने बताएका छन् ।
महाधिवेशन पछिको पहिलो वैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिङदेनले पार्टीभित्र राजसंस्थाको नकारात्मक छवि प्रस्तुत हुने, मानहानी हुने गरि छलफल नहुने स्पष्ट पारे ।
निर्वाचनको क्रमसँग कुनै प्रश्न थियो भने निर्वाचन कै बेला किन प्रश्न उठाइएन ? भन्दै लिङदेनले अध्यक्ष मात्र नभएर, पदाधिकारी र केन्द्रीय सदस्यहरु समेत एकै प्रक्रिया अर्थात् महाधिवेशनबाट निर्वाचित भएको स्मरण गराए ।
बैठकमा पूर्वअध्यक्ष कमल थापा निकट केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टीमा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न माग गरेका थिए । उनलाई रिता माझी, निर्मला श्रेष्ठ, जमुना थापाहरुले समर्थन गरे ।
यद्यपि बहुमत केन्द्रीय सदस्यहरुले महाधिवेशनको निर्णय अवमूल्यन गर्न नहुने, महाधिवेशनले पारित गरेको राजा सहितको प्रजातन्त्र र हिन्दु राष्ट्र प्रतिको निष्ठामा प्रश्न गर्न नहुने बताए ।
कमल थापालाई मनोसामाजिक परामर्श लिन सुझाव
एक व्यक्तिले चुनाव हार्दा निर्मल निवास माथि प्रश्न गर्नु बहुलठ्ठीपन भएको तिनले बताए ।
चुनावको नतिजा स्वीकार गर्न गाह्रो भएको भए बरु कमल थापाले मनोसामाजिक परामर्श लिए उचित हुने केन्द्रीय सदस्यहरुको राय थियो ।
कतै गणतन्त्र मान्ने इच्छा हो भने बरु त्यतै गए हुन्छ, अन्यथा राजसंस्था माथि अनावश्यक विवाद गर्न नहुने केन्द्रीय सदस्यहरुले वैठक बाल्दै भने ।
देशभरीका हजारौं महाधिवेशन प्रतिनिधिको म्याण्डेटको मानमर्दन गर्ने सुविधा कसैलाई छैन । पार्टी एकता धूमिल पार्ने र राजसंस्था प्रतिको आस्था र विश्वासमाथि खेलबाड गर्ने छुट कसैलाई छैन तिनले भने ।
यस्तो धारणा राख्नेहरुमा हेमजंग गुरुङ, सगुन सुन्दर लावती, प्रवीण ठोकर, प्रकाश रिमाल, सुनीता शाहलगायत थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपालले जित्यो एसीसी यू-१६ इस्ट जोन कपको उपाधि
- वीपी राजमार्गमा थप ३० दिन राति गाडी चलाउन नपाइने
- समयमा काम नगर्ने यी ११ निर्माण कम्पनीलाई कालो सूचीमा राख्ने तयारी
- याे साता शेयरबजार निरन्तर उकालाे, नेप्से परिसूचक २७ सय माथि
- मलेसियाविरूद्ध शानदार जितसँगै नेपाल फाइनल प्रवेश
- नेपालमा एमसीसीलाई निरन्तरता दिने अमेरिकी निर्णय, परियोजना सुचारु
- ५२ पदाधिकारीको नियुक्ति सदर, रिट बहुमतले खारेज
- एसियन कप छनोटः साम्बाको ह्याट्रिकमा श्रीलंकामाथि नेपालकाे गाेलकाे वर्षा
- नेप्से परिसूचक बढेर सत्ताइस सय नजिक, आज कमाउनेमा यी कम्पनी अघि
- राष्ट्रिय सभामा मन्त्रीहरूकाे जवाफ (Live)
प्राप्त प्रतिक्रिया
Aafu power/satta-ma rahunjel kehi na-bhanney, satta-bata bahiriney bittikai nakaratmak/negative bolnu bhaneko pakkai pani mansik durbalta-ko parakasta ho. Sabaiko mangal hos.
प्रतिकृया दिनुहोस