रामेछाप कांग्रेसका यी प्रतिनिधिहरू बागमती प्रदेश सदस्यमा विजयी भए (मतपरिणासहित)
- गाउँ सहर संवाददाता
- २२ मङ्सिर बुधबार, २०७८ | २१:३२:०० मा प्रकाशित
काठमाडाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको निर्वाचनमा विभिन्न पदमा उम्मेद्वार दिएका रामेछापका ६ जना प्रतिनिधि निर्वाचित भएका छन् ।
रामेछापबाट पदाधिकारीसहित प्रदेश सदस्यमा १२ जनाले उम्मेद्वारी दिएका थिए । जसमध्ये ६ जना निर्वाचित भएका हुन् ।
निर्वाचित हुनेहरूमा प्रदेशसभा खुला पुरूषमा महाधिवेशन प्रतिनिधि अर्जुन कुमार केसी (७५३), प्रदेश प्रतिनिधि उज्जलराम घिमिरे (७०८), प्रदेश प्रतिनिधि भीमसेन बस्नेत (६६९) विजयी भएका छन् । खुलाबाट १५ जना उच्च मत ल्याउने विजयी हुनेमा रामेछापबाट उम्मेद्वारी दिएका तीनै जनाले विजय प्राप्त गरेका छन् ।
भूगाेल पुरूषतर्फ प्रदेश प्रतिनिधि जितबहादुर मगर (९६३) विजयी भए भने उनका प्रतिस्पर्धी प्रदेश प्रतिनिधि नारायण प्रसाद भट्टराईले (७९२) मत प्राप्त गरे ।
महिलातर्फ प्रदेश प्रतिनिधि कल्पना खड्का (८२६) विजयी भइन् भने प्रतिस्पर्धी महाधिवेशन प्रतिनिधि गंगा अधिकारीले ७१९ र अर्की उम्मेद्वार महाधिवेशन प्रतिनिध रामकुमारी डाँगी (श्रेष्ठ) ले २०९ मत प्राप्त गरेकी छन् ।
दलित खुला सदस्यमा महाधिवेशन प्रतिनिधि बलबहादुर दमाइले जित हासिल गरे । उनका प्रतिस्पर्धी डिलबहादुर परियारले ६७८ मत ल्याए ।
६ जनामात्र विजयी हुने खस आर्य महिला सदस्यमा उम्मेद्वारी दिएकी प्रदेश प्रतिनिधि शकुन्तला त्रिपाठीले ७०७ मत ल्याइन् तर विजयी हुन सकिनन् ।
त्यसैगरि खस आर्य खुला सदस्यका उम्मेद्वार दिएका प्रदेश प्रतिनिधि सुजन ढुंगेलले ६९४ मत ल्याएपनि विजयी हुन सकेनन् ।
त्यसाे त रामेछापबाट पदाधिकारीमा उम्मेद्वारी दिएका एक मात्र उम्मेद्वार महाधिवेशन प्रतिनिधि बीरबहादुर तामाङले झिनाे मतले पराजित हुनुपरेकाे छ । जगदीश्वरनरसिंह केसीकाे समूहबाट सहमहामन्त्री पदमा उम्मेद्वारी दिएका तामाङ जम्मा ४ मतले पराजित भएका छन् । उनले ८३५ मत ल्याएका थिए भने विजयी हुने हरि शरण श्रेष्ठले ८३९ मत ल्याएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस