गाउँ सहर

हलचोकस्थित आकाश भैरव मन्दिरको मूर्ति चोरी

काठमाडाैं । स्वयम्भूबाट आकाश भैरवको मूर्ति चोरी भएको छ । आज बिहान हलचोकस्थित आकाश भैरव मन्दिरको मूर्ति चोरी भएको हो ।

पुजारीले पूजा गरिरहेका बेला केही व्यक्ति मन्दिर प्रवेश गरी जबरजस्ती मूर्ति लगेका हुन् । नागार्जुन नगरपालिका ३ मा रहेको मन्दिरबाट मूर्ति चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डीएसपी मिलन केसीले जानकारी दिएका छन् । उनले भने,’ मूर्ति चोरी भएको हो । हामी खोज्दैछौं ।’

गाउँ सहर संवाददाता