गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहका २ जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २१ मङ्सिर मंगलबार, २०७८ | १६:०८:०० मा प्रकाशित

काठमाडाैं । रकम असुली गरेकाे अभियाेगमा प्रहरीले २ जनालाइ नियन्त्रणमा लिएकाे छ । गुण्डागर्दी गरी ९० लाख २५ हजार रुपैयाँ रकम असुली गरेको अभियोगमा गुण्डागर्दी गरी रकम असुली गर्ने गिरोहका २ जनालाई आइतबार प्रहरीले नियन्त्रणमा लिएकाे हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं सुकेधारा बस्ने काठमाडौं महानगरपालिका–७ गगाँहिटि ठेगाना भएका ४० वर्षीय मिलन जोशी र काठमाडौं महानगरपालिका–४ बालुवाटार बस्ने दोलखा भिमेश्वर नगरपालिका–५ माटी ठेगाना भएका रबिन्द्र बस्नेत रहेका छन् ।
उनीहरुले काठमाडौं पानीपोखरीस्थित युनिभर्सल ईन्टरनेशनल मेनपावर कम्पनीका सञ्चालकलाई हामीहरु यस एरियाका दादा हौं भन्दै मेनपावरले विदेश पठाएका व्यक्तिहरुबाट लिएको रकम मध्येको कम्तीमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ दरले कमिसन दिनुपर्छ भनि पटक पटक धम्की दिदै आएको र मंसिर १६ गते कम्पनीका सञ्चालक, सञ्चालकको श्रीमती र स्टाफहरु समेतलाई ज्यान मार्ने धम्की दिई थप रकम माग गर्दै हातपात समेत गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौं मित्रपार्कबाट पक्राउ गरेको जानकारी दिएकाे छ ।
उनीलाई आपराधिक लाभ लिएको कसूर मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको उक्त महाशाखाले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस