पुन: सभापतिमा उठ्ने देउवाको घोषणा
- गाउँ सहर संवाददाता
- २० मङ्सिर सोमबार, २०७८ | १५:१८:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन् । सोमबार प्रेस युनियनका आफू निकट सञ्चारकर्मीलाई बालुवाटारमा बोलाएर देउवाले फेरि पनि सभापतिमा उठ्ने र जित्ने दाबी गरेका हुन् ।
६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेशको अधिवेशनमा आफ्नो पक्षमा बहुमत देखिएलगत्तै देउवाले बालुवाटारमा फेरि सभापतमिा उठ्ने र चुनाव जित्ने घोषणा गरेका हुन् । एक सय ६० निर्वाचन क्षेत्रको अधिवेशन, ६१ जिल्ला अधिवेशन र ६ वटा प्रदेश अधिवेशनमा आफ्नो पक्षको बहुमत रहेको उनको दाबी छ । देउवा पक्षले ३१ वटा जिल्ला सभापति जित हात पारेको छ । ६ मध्ये दुई प्रदेशमा सभापति जितेको छ ।
देउवाले सञ्चारकर्मीसँग फेरि पनि सभापति जिते हरेक हप्ता पार्टी कार्यालय गएर जनता र कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धता जनाए । ‘यो मेरो अन्तिमपटक हो । फेरि उठ्न मिल्दैन । र, अहिले मैले सभापति जिते भने चुनाव पनि कांग्रेसले जित्छ,’ उनले भने । पार्टी सभापतिमै हारेको प्रधानमन्त्रीले तीनै तहको निर्वाचन गराउँदा राम्रो म्यासेज नजाने भएकाले नैतिक बलका लागि पनि सभापतिमा जित्नै पर्ने सुनाए ।
नेपाली कांग्रेस मध्यपन्थी पार्टी भएको बताउँदै देउवाले यो कम्युनिष्ट वा दक्षिणपन्थी बाटोमा नजाने बताए । ‘देशमा ८० प्रतिशत जनता हिन्दु छन्, तर के गर्ने मैले भनेर मात्र नहुँदो रहेछ । संविधान संशोधनका लागि दुई तिहाइ चाहिन्छ । कराएर मात्र हुँदैन,’ उनले भने ।
देउवाले १४औं महाधिवेशन उदघाटनमा एमालेले जस्तो तडकभडक नगर्ने स्पष्ट पारेका छन् । ‘पार्टीको आन्तरिक चुनावमा भिड जम्मा गरेर केको शक्ति प्रदर्शन ? यो गर्ने पक्षमा म छैन,’ देउवाको भनाइ थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्राप्त प्रतिक्रिया
१४ अाै महाअधिबेसनकाे शुभकामना
प्रतिकृया दिनुहोस