गाउँ सहर

गोली लागेर युवकको मृत्यु

तनहुँ । गोली लागेर एक युवकको मृत्यु  भएकाे छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकमा गोली लागेर मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १७ वर्षीय रोहित मल्ल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएकाे छ ।

गए राति शिकार खेल्न जङ्गलमा गएको बेला गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

प्रहरीले बन्दुकसहित सोही ठाउँका ४७ वर्षीय सुनबहादुर गुरुङलाई पक्राउ गरेको छ । पक्राउ पर्ने गुरुङ मृतकका छिमेकी हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ । 

गाउँ सहर संवाददाता