छोरालाई बिषादी खुवाएर हत्या, आरोपी महिला भारतबाट पक्राउ
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १६:३९:०० मा प्रकाशित

कैलाली । सौताको छोरालाई बिषादी खुवाई हत्या गरेको आरोपमा कैलाली प्रहरीले एक महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
कैलाली प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै सौताको छोराको हत्या आरोपमा पक्राउ परेकी बाजुरा खप्तड छेडेदह गाउँपालिका–२ घर भई धनगढीमा डेरी गरि बस्दै आएकी ३५ वर्षीया मागी रोकायालाई सार्वजनिक गरेको हो ।
आरोपी महिलालाई आफूसंगै बस्दै आएका सौताका छोरा १० वर्षीय निशान थापामगरको विषादी खुवाई हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।
उनका अनुसार महिलाले कार्तिक २९ गते दुधमा विषादी मिसाएर खुवाई कोटाभित्र थनेर आफ्ना १४ वर्षीया छोरी र ८ वर्षीय छोरासहित फरार भएकी थिइन् । महिला कार्तिक २९ गते बालकलाई विषादी खुवाएर छोराछोरीसहित भारतको हरियाणा फरार भएपनि घटना मंसिर २ गते सार्वजनिक भएको थियो ।
प्रहरीले हत्या आरोपी मागी रोकायाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ घर भएका बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमै थिए । घरमा एक छोरा र एक छोरी हुँदाहुँदै उनले तीन वर्ष अघि भारतमै निर्मला थापामगर नामकी एक महिलासँग भागी विवाह गरे । निर्मलासँगै निशान पनि साथमै आए ।
निर्मलासँगै आएका निशानलाई धनगढीस्थित हिमालय एकेडेमीमा बार्डर गरेर भर्ना गरे । करीब ३ बर्ष अघि नै मागी रोकाया पनि हाल १४ वर्षकी छोरी र ८ वर्षको छोरालाई पढाउन घनगढीमा आइन् ।
घरकी श्रीमती र छोराछोरी पनि धनगढीमै आएर बस्न थालेपछि बहादुरले बोर्डस गरेको निशानलाई पनि २ वर्ष अघिदेखि उनीहस्गै राख्न थाले । राछोरीसँगै धनगढी उप–महानगरपालिका वडा नम्बर २ स्थित डेरा गरी बस्ने आएकोमा मागी र श्रीमान बहादुरबीच बादबिवाद गालीगलौज बढ्यो ।
श्रीमानसंगको रिसले मागीले कार्तिक २९ गते मृतक निशान्त स्कूलबाट फर्किएपछि उनले थाहा नपाउने गरी दुधमा मुसा मार्ने औषधि मिसाएर खुवाइन् । विषादी खुवाएपछि निशानलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउँछौ भनेर उनी आफ्ना छोराछोरी लगेर भारततर्फ लागिन् ।
श्रीमती र छोराछोरी केही दिनदेखि सम्पर्कमा नआएपछि भारतबाट बहादुर रोकायाले मंसिर २ गते धनगढीमा भएका आफन्तलाई उनीहरु बस्ने घरमा बुझ्न पठाए ।
डेरामा पुगेका आफन्तले त्यहाँ पुगेर कोठामा अगाडिको मुल ढोका बन्द गरेको र पछाडिपट्टिको ढोका खुल्ला रहेको, कोठा भित्र पङखा चालु अवस्थामा रहेको, भित्र बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको भेटे । उनले नै घटनाबारे प्रहरीलाई खबर गरे । तत्काल प्रहरीले घटनास्थलमा खटिई हेर्दा सौताको छोरा निशान मृत भेटिए । उनी धनगढी उपमहानगरपालिका वडा नं २ स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने पढ्थे ।
प्रहरीले छोराछोरीसहित फरार रहेकी मागीको खोजतलास सुुरु गर्यो । खोजतलासको क्रममा मागी भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि यही मंसिर १४ गते प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली त्यसतर्फ खटियो ।
भारतीय प्रहरीको सहयोग र समन्वयमा नेपाल प्रहरीले मागीलाई १६ गते भारतको हरियाणा रोहतक प्रेम चोकबाट पक्राउ गरेर नेपाल ल्याउन सफल भयो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस