१८ लाख मूल्यबराबरको अवैध सामान बरामद
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | १५:४७:०० मा प्रकाशित

रुपन्देही । प्रहरीले १८ लाख मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको बुटवल उपमहानगरपालिका(२ स्थित तिनाउ पुलबाट भन्सार छलेर ल्याइएको अवैध जुत्तासहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
रुपन्देहीको सैनामैना नगरपालिका(४ मुर्गिया बस्ने ३२ वर्षीय विष्णु थारुले कपिलवस्तुबाट बुटवल ल्याउँदै गरेको लु१च ८२१३ नम्बरको बोलेरो पिकअप जिप चेकजाँच गर्ने क्रममा प्रहरीले जिपभित्र २५ कार्टुन अर्थात् ७५० जोर अवैध जुत्ता फेला पारेको हो । बरामद सामानको मूल्य करिब १८ लाख रहेको र चालक, जिपसहित बरामद सामानलाई आवश्यक कारबाहीका दलागि बेलहिया भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् ।
यसैबीच प्रहरीले लागूऔषसहित एकजनालाई रुपन्देहीबाट पक्राउ गरेको छ । वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका(७ दीपनगर बस्ने सुनिल गौचनलाई लागूऔषधसहित पक्राउ गरेको जनाएको छ ।
गौचनको घरमा खानतलासी गर्दा प्रहरीले कोठाभित्र रहेको स्टिलको दराजमा राखिएको सेरिज्याक १३ एम्पुल, नुफिन १३ एम्पुल, फेनरागन १३ एम्पुल, सिरिन्ज १२ थान र विभिन्न किसिमका मोबाइल तीन थान बरामद गरेको हो ।
पक्राउ परेका गौचनमाथि थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस