राजनीति

राप्रपा केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्यमा जनकराज पाठक निर्वाचित भएका छन् । पाठक नुवाकोटका हुन् ।

उनले आइतबार सम्पन्न निर्वाचनमा ११९५ मतका साथ विजयी हासिल गरेका हुन् ।

राप्रपाको स्थापनाकालदेखि नै सक्रिय उनी यसअघि पनि पार्टीको केन्द्रीय सदस्य रहेका थिए ।

गाउँ सहर संवाददाता