ओमिक्रोन विश्वका ४० बढी राष्ट्रमा, कुल संक्रमित र निकाे हुने राेगीकाे संख्यामा २ कराेड ६३ लाख ३१ हजार २८० काे अन्तर
- गाउँ सहर संवाददाता
- १९ मङ्सिर आइतबार, २०७८ | ०५:२१:०० मा प्रकाशित

काठमाडाैँ । विश्वमा काेराेनाभाइरसका कारण विश्वमा ज्यान गुमाउनेकाे संख्या ५२ लाख ६३ हजार ६२६ पुगेकाे छ भने कुल संक्रमित र निकाे हुने राेगीकाे संख्यामा २ कराेड ६३ लाख ३१ हजार २८० काे अन्तर रहेकाे छ ।
केहि समयबाट काेराेना जितेका विश्वका जनताले भने पछिल्लाे समय ओमिक्रोन भाेग्नुपरेकाे छ ।
कोभिड-१९ को नयाँ भेरिअन्ट ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ । भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा चार व्यक्ति भेटिएका छन् । तर नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन ।
यसकै कारण धेरै देशहरूले चेकजाँच र नियममा परिवर्तन ल्याइरहेका छन् ।
विश्वमा अहिले काेराेनाका सक्रिय संक्रमितकाे संख्या २ कराेड १० लाख ६७ हजार ६५४ रहेका छन् भने त्यसमा पनि गम्भीर राेगी ८६ हजार ६८३ छन् ।
पछिल्लाे दिनमा याे राेगबाट मृत्यु हुनेकाे संख्या ५ हजार ५४८ छ । नयाँ ५ लाख १७ हजार ४०७ राेगी थपिँदा ३ लाख ७२ हजार ७३ जनाले स्वास्थ्य लाभ गरेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस