पौडेल समूहबाट बागमती प्रदेश सभापतिमा जगदीश्वरनरसिंह, महामन्त्रीमा बादे र माइकल
- गाउँ सहर संवाददाता
- १६ मङ्सिर बिहीबार, २०७८ | ०६:१९:०० मा प्रकाशित

काठमाडाैं । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जगदीश्वरनरसिंह केसीको नाम अगाडि सारेको छ । नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले सभापति र महामन्त्रीका उम्मेदवारको छनोट गरेको हो । नेता अर्जुननरसिंह केसीका अनुसार पौडेल समूहले काभ्रेका कन्चनचन्द्र बादे र मकवानपुरका पूर्वसभापति रामचन्द्र अर्याल (माइकल)लाई महामन्त्रीका उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सोमबारबाट पौडेल समूहबाट प्रदेश सभापति छनोटका लागि छलफल गरेको थियो । पौडेल समूहबाट बागमती प्रदेश सभापतिको उम्मेदवारमा जगदीश्वरनरसिंह केसी, मधु आचार्य, रमेश धमाला, राजुराज जोशी र रामकृष्ण घिमिरेको दाबी थियो । तर केसीले बाजी मारेका छन् ।
यता सभापति शेरबहादुर देउवा पक्षबाट मकवानपुर जिल्ला सभापति तथा बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कृष्णप्रसाद सिटौला समूहबाट काठमाडौँ जिल्लाका पूर्वसभापति तथा पूर्वरक्षामन्त्री भीमसेन दास प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । बागमती प्रदेश अधिवेशनमा मंसिर १७ गते मनोनयन दर्ता र १८ गते मतदान हुने निर्वाचन कार्यतालिका छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस