स्वास्थ्य

काठमाडौं उपत्यकामा १५० जनासहित देशभर थप ३१६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय २९ पुगेको छ ।

बुधबार २५९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ६ हजार ९५४ सक्रिय संक्रमित रहेका छन् ।

गत २४ घन्टामा १० हजार ९१९ पीसीआर तथा १ हजार ८०८ एन्टिजेन परीक्षण भएको छ ।

काठमाडाैं उपत्यकामा कति थपिए ?

काठमाडौं उपत्यकामा थप १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ११९, भक्तपुरमा २९ र ललितपुरमा २ जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता