नेप्से सूचक ८० अंकले घट्याे, ५ अर्ब ८३ करोडकाे काराेबार,
- गाउँ सहर संवाददाता
- १२ मङ्सिर आइतबार, २०७८ | १६:११:०० मा प्रकाशित

काठमाडौं । आइतबार बजार मापन गर्ने नेप्से सूचक ८०.२९ अंकले घटेर २६५१.४९ बिन्दुमा रोकिएको छ ।
२३४ कम्पनीको १ करोड १९ लाख ३ हजार २०२ कित्ता सेयर ५ अर्ब ८३ करोड ५१ लाख ३५ हजार ५५ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १४.१९ अंकले घटेर ५०१.४५ बिन्दुमा रोकिएको छ ।
कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ३४.९७, विकास बैंक २६७.०९, जलविद्युत १३२.०२, फाइनान्स ६८.०८, निर्जीबन बीमा ३८५.९४, माइक्रोफाइनान्स १३९.४ र जीवन बीमा समूहको उपसूचक ५३८.०३ अंकले घटेको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।
लगानीकर्ता त्यसको विरोध गर्दै संशोधन गर्न आग्रह गरेका थिए । लगानीकर्ताले यो व्यवस्था संंशोधन गर्न गभर्नरका साथै अर्थमन्त्री जनार्दन शर्मालाई समेत आग्रह गरेका थिए । पहिलो समीक्षामा यसलाई संशोधन नगर्दा लगानीकर्ता निरास बनेका छन् । जसले बजार बजारमा भारी गिरावट देखिएको छ ।
नेप्से घटेपनि यस दिन आईसीएफसी फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । फाइनान्सको शेयरमूल्य ९.८७ प्रतिशत बढेर ९३२ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै सामलिङ्ग पावर कम्पनीको शेयर पनि ८.२१ प्रतिशतले बढेको छ ।
हिमालयन पावर पार्टनरको शेयरमूल्य भने सर्वाधिक ८.४९ प्रतिशत घटेको छ । त्यसैगरी, मानुषी लघुवित्त, प्राइम लाइफ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक, जोशी हाइड्रोपावर लगायतको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।
आइतबार कारोबारमा आएका १३ वटै उपसमुहको सूचक ओरालो लागेको छ । यस दिन व्यापार उपसमुहको परिसूचक सर्वाधिक ५.३७ प्रतिशतले घटेको छ । यस्तै विकास बैंकको पनि ५.११ प्रतिशतले घटेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस