आज सकिँदै राष्ट्रिय जनगणना
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | ११:४०:०० मा प्रकाशित
काठमाडौं । कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिँदै छ ।
केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन् ।
विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३ सय ५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक खटाएको छ ।
विभागले आज जनगणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
‘मेरो गणना मेरो सहभागिता’ मूल नाराकासाथ गत कात्तिक २५ गतेदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको थियाे । हरेक १० वर्षमा गरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस