आज सकिँदै राष्ट्रिय जनगणना
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | ११:४०:०० मा प्रकाशित
काठमाडौं । कात्तिक २५ गते शुरु भएको राष्ट्रिय जनगणना आज सकिँदै छ ।
केन्द्रीय तथ्यांक विभागले तयारी गरेको ५५ वटा प्रश्न र अन्य उपप्रश्न गरी ८० वटा प्रश्न गणकले फिल्डमा पुगेर टिपोट गर्दै आएका छन् ।
विभागले सातवटै प्रदेश कार्यालय, ८७ वटा जिल्ला जनगणना कार्यालय र ३ सय ५० वटा स्थानीय जनगणना कार्यालय सञ्चालन गरेर देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना सुपरिवेक्षक खटाएको छ ।
विभागले आज जनगणना सम्पन्न भएसँगै तत्काल नयाँ कार्यतालिका सार्वजनिक गरी ६ महिनाभित्र डाटा इन्ट्री गरेर एक वर्ष भित्रमा नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
‘मेरो गणना मेरो सहभागिता’ मूल नाराकासाथ गत कात्तिक २५ गतेदेखि १२ औँ राष्ट्रिय जनगणना शुरु भएको थियाे । हरेक १० वर्षमा गरिने जनणना नेपालमा संघीयता कार्यान्वयनपछि पहिलोपटक भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्रतिकृया दिनुहोस