सेवाग्राहीको गुनासो बढेपछि श्रम कार्यालयमा दुुई सिफ्टमा काम गर्न निर्देशन
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | ०९:४७:०० मा प्रकाशित
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
श्रम मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचल कार्यालयलाई दुई सिफ्टमा सेवा सञ्चालन गर्नेसहितका चार बुँदे निर्देशन दिएको जनाएको छ । निर्देशनमा आवश्यकताअनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनका आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशनअनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकताअनुसार दुई सिफ्टमा काम गर्न
थालिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस