सेवाग्राहीको गुनासो बढेपछि श्रम कार्यालयमा दुुई सिफ्टमा काम गर्न निर्देशन
- गाउँ सहर संवाददाता
- ८ मङ्सिर बुधबार, २०७८ | ०९:४७:०० मा प्रकाशित

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ताहचलस्थित श्रम कार्यालयलाई दुुई सिफ्टमा काम सञ्चालन गर्न निर्देशन दिएको छ । श्रम स्वीकृति नवीकरण छिटोछरितो नहुँदा आफूहरूले सास्ती खेप्नुपरेको सेवाग्राहीको गुनासो बढेपछि मन्त्रालयले दुई सिफ्टमा सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।
श्रम मन्त्रालयले वैदेशिक रोजगार कार्यालय ताहचल कार्यालयलाई दुई सिफ्टमा सेवा सञ्चालन गर्नेसहितका चार बुँदे निर्देशन दिएको जनाएको छ । निर्देशनमा आवश्यकताअनुसार भाषा अनुवादककोमा पठाउने व्यवस्था मिलाउन, अनलाइन टोकन प्रणालीमा सङ्ख्या बढाउन र चापअनुसार अफलाइन टोकनका आधारमा पनि काम गर्न, सहायता कक्ष स्थापना गर्न तथा दुई सिफ्टमा सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
विदेश जाने युवाले भोग्ने सास्ती कम गर्न श्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको र यसले घन्टौँ लाइन बस्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयको निर्देशनअनुसार श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकाले आवश्यकताअनुसार दुई सिफ्टमा काम गर्न
थालिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस