राजनीति

कांग्रेसका मुख्यसचिव पौडेल, नेविसंघका पूर्वमहामन्त्री थापा महाधिवेशन प्रतिनिधिमै पराजित

  • ७ मङ्सिर मंगलबार, २०७८ | ०९:१७:०० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका मुख्यसचिव कृष्ण पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । काठमाडौं क्षेत्र नम्बर ७ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका पौडेल पराजित भएका हुन् । 

प्रसाद पौडेलले ८३ मत ल्याएका छन्। स्याङ्जाबाट क्रियाशील सदस्य रहेका पौडेलले यसपटक काठमाडौं ७ मा सारेका थिए । आमाको निधन भएकाले पौडेल अहिले काजक्रियामा छन् ।

काठमाडौ ७ मा सोमबार भएको अधिवेशनमा  आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी सुनिल थापा सहित राप्रपा बाट कांग्रेस प्रवेश गरेका थिए । उनले ६० मत प्राप्त गरे । 

सोही क्षेत्र बाट नेविसंघका पूर्व महामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । थापाले ३६ मत ल्याएका छन् । 

केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसी ८१ मत ल्याई महाधिवेशन प्रतिनिधिमा पराजित भए । साथै, कांग्रेस निकट कानून व्यवसायीको संगठन डीएलएका पूर्वअध्यक्ष भरत प्रसाद खरेल ३३ मत ल्याइ महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

तपाईँको मत