“ईतिहासलाई सिरानी हालेर मात्रै अब हाम्रो श्रेष्ठता कायम रहन सक्दैन” : गगन थापा
- गाउँ सहर संवाददाता
- ६ मङ्सिर सोमबार, २०७८ | १२:३३:०० मा प्रकाशित
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले ईतिहासलाई सिरानी हालेर मात्रै अब हाम्रो श्रेष्ठता कायम रहन नसक्ने बताएका छन् ।
उनले आज एक अपिल सार्वजनिक गर्दै भनेका छन्, “सात दशकदेखि नेपाली राजनीतिकाे हरेका मञ्चमा हाम्राे पार्टीले सदा केन्द्रीय भूमिका निर्वाह गर्दै आएकोमा हामीला गर्व छ । तर ईतिहासलाई सिरानी हालेर मात्रै अब हाम्रो श्रेष्ठता कायम रहन सक्दैन ।”
क्षेत्रीय प्रतिनिधि छनोटमा सही निर्णय लिन अपिल गरेका छन् ।
“अब फेरि एकपटक पार्टी नवनिर्माणको लागि संकल्प गरौं र विवेकसम्मत निर्णय गरौं ताकी भोलिको पुस्ताले पनि चीरकालसम्म जय नेपाल भन्दा गर्व गरिरहन पाओस् । यो महाधिवेशनले तपाईंजस्ता निष्ठावान कांग्रेसजनलाई पार्टीमा रचनात्मक हस्तक्षेप गरी पार्टीमा नयाँ जागरण ल्याउने अवसर दिएको छ । मलाई विश्वास छ, पार्टीको पुनर्जागरण र नवनिर्माणका लागि हामीले सही निर्णय लिनेछौँ ” उनले भनेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस