नेपाल बन्दमा पनि बारकाे विरोध प्रदर्शन जारी
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १२:२५:०० मा प्रकाशित
काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएसन आज पनि धर्नामा बसिरहेकाे छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको नेपाल बन्दका दिन पनि बारले विरोध प्रदर्शन गरेको हाे।
बारले २३ दिनदेखि आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबराले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत बारलाई वार्तामा आउन आह्वान गरेका थिए । तर बारले प्रधानन्यायाधीश जबरासँग वार्तामा नबस्ने निर्णय गरेको थियो ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आएको छ । कानून व्यवसायीले बन्दको दिन पनि आफ्नो आन्दोलनलाई निरतन्तरता दिएका हुन् ।
प्रहरीको सुरक्ष घेरा तोडेर कानून व्यवसायीहरु सर्वोच्चको मुल प्रवेश द्धारमा पुगेका छन् । प्रहरीले बारको आज पनि माइक खोसेको छ । सर्वोच्च अदालमा सुरक्षा व्यवस्था बढाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस