प्रधानन्यायाधिश राणालाई महाअभियोग लगाउन पूर्वन्यायाधीशहरूको आह्वान
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १६:०१:०० मा प्रकाशित

काठमाडौं । पूर्व न्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लगाउन माग गरेको छ ।
नेपाल बार र सर्वोच्च अदालतकै न्यायाधीशहरुले जबराको राजीनामा मागिरहेका बेला पूर्वन्यायाधीश फोरमले महाअभियोगको प्रस्ताव गरेको हो ।
फोरमका अध्यक्ष टोप बहादुर सिंहले सोमबार एक विज्ञप्ति जारी गर्दै न्यायपालिका जोगाउनका लागि प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउनुपर्ने माग गरेका छन् ।
पूर्वन्यायाधीशहरुले वार्ता आह्वान गर्दै जबराले जारी गरेको विज्ञप्तिलाई न्यायमा बिचलन र भ्रष्टाचार लुकाउन गरिएको दुश्प्रयास भनेका छन् ।
प्रधानन्यायाधीश राणा मन्त्रिपरिषद्मा हिस्ता खोज्नेदेखि न्यायाधीशहरुको आचारसंहिता उल्लंघन गर्ने गम्भीर घटनामा मुछिएकाले उनीविरुद्ध महाअभियोग लगाउने पर्याप्त आधार रहेको सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानन्यायाधीश राणाले नेपाल बार एसोसिएसनलाई वार्ताका लागि आह्वान गर्नु 'न्यायका लागि विचलन र भ्रष्टाचार लुकाउन गरिएक दुष्प्रयास' भएको फोरमले टिप्पणी गरेको छ । प्रधान्यायाधीशले वार्ताका लागि गरेको आह्वान न्यायालयको हितमा नरहेको पनि फोरमको विज्ञप्तिमा उल्लेख छ ।
वैधानिक बाटोबाट अदालत प्रवेश नै गर्न नसक्ने, प्रहरीको संरक्षण (सुरक्षा) खोज्ने र जिम्मेवारीबाट पन्छिने व्यक्तिबाट न्यायपालिकाको नेतृत्व हुन नसक्ने फोरमको भनाइ छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस