जन्म दिन मनाउन गएका युवककाे यसरी भयाे हत्या
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १२:५०:०० मा प्रकाशित
काठमाडाैं । मोरङको बुढीगंगा गाउँपालिका–१ मा एकजनाको हत्या भएको छ । मदिरा सेवनपछि युवाबीच भएको झगडाले उग्र रुप लिँदा एकजनाको हत्या भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार राति स्थानीय नानु लिम्बुको भतिजीको जन्मदिन मनाउँदै गर्दा दुईपक्षका युवाबीच झडप भएको हो ।
बूढीगंगा–६ का २३ वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङका साथी तथा धनकुटा पाख्रीवासका २६ वर्षीय रिजन दाहाल र धनकुटा देब्रेबासका २२ वर्षीय कलम थापाबीचको विवादले झडपको रुप लिएको प्रहरीले बताएकाे छ ।
रिजनलाई जन्मदिन मनाइएको घरबाट केहीपर लगेर खुकुरीले आक्रमण भएको प्रहरीको भनाई छ । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएकाे छ । दाहाल पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिका १३ स्थित खनारमा बस्दै आएका थिए।
प्रहरीका अनुसार मदिराले मस्त मातेका युवाबीचको विवाद साम्य गर्न पुगेका थापा र नानु लिम्बूमाथि पनि खुकुरी प्रहार भएको छ । दुवैजनाको हातमा चोट लागेको छ। मृतक दाहाल र घाइते थापा खनारकै एक धागो उद्योगमा कार्यरत रहेको खुलेको छ ।
प्रहरीले के विषयमा विवाद भएको भन्ने खुल्न नसकेको जनाएको छ । तर घटनामा संलग्नहरु लागुऔषध दुर्व्यसनी भएको खुलेको प्रवक्ता श्रेष्ठले बताए ।
घटनमा संलग्न दुईजनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । अरु युवा फरार छन् । नियन्त्रणमा आएका दुई युवकको पहिचान प्रहरीले खुलाएको छैन ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस