जन्म दिन मनाउन गएका युवककाे यसरी भयाे हत्या
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १२:५०:०० मा प्रकाशित

काठमाडाैं । मोरङको बुढीगंगा गाउँपालिका–१ मा एकजनाको हत्या भएको छ । मदिरा सेवनपछि युवाबीच भएको झगडाले उग्र रुप लिँदा एकजनाको हत्या भएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार राति स्थानीय नानु लिम्बुको भतिजीको जन्मदिन मनाउँदै गर्दा दुईपक्षका युवाबीच झडप भएको हो ।
बूढीगंगा–६ का २३ वर्षीय धनबहादुर तामाङ, २४ वर्षीय लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङका साथी तथा धनकुटा पाख्रीवासका २६ वर्षीय रिजन दाहाल र धनकुटा देब्रेबासका २२ वर्षीय कलम थापाबीचको विवादले झडपको रुप लिएको प्रहरीले बताएकाे छ ।
रिजनलाई जन्मदिन मनाइएको घरबाट केहीपर लगेर खुकुरीले आक्रमण भएको प्रहरीको भनाई छ । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार टाउकोमा खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दाहाललाई उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएकाे छ । दाहाल पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिका १३ स्थित खनारमा बस्दै आएका थिए।
प्रहरीका अनुसार मदिराले मस्त मातेका युवाबीचको विवाद साम्य गर्न पुगेका थापा र नानु लिम्बूमाथि पनि खुकुरी प्रहार भएको छ । दुवैजनाको हातमा चोट लागेको छ। मृतक दाहाल र घाइते थापा खनारकै एक धागो उद्योगमा कार्यरत रहेको खुलेको छ ।
प्रहरीले के विषयमा विवाद भएको भन्ने खुल्न नसकेको जनाएको छ । तर घटनामा संलग्नहरु लागुऔषध दुर्व्यसनी भएको खुलेको प्रवक्ता श्रेष्ठले बताए ।
घटनमा संलग्न दुईजनालाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ । अरु युवा फरार छन् । नियन्त्रणमा आएका दुई युवकको पहिचान प्रहरीले खुलाएको छैन ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस