कांग्रेस महाधिवेशन उद्घाटनअघि नै नेतृत्वको लागि उम्मेदवारी दिनुपर्ने
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | ११:२०:०० मा प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसको महाधिवेशन उद्घाटनअघि नै नेतृत्वका लागि मनोनयन दर्ता हुने भएको छ ।
कांग्रेसले यो पटक छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेर आसन्न १४ औँ महाधिवेशनलाई नेतृत्व चयनमा मात्रै सीमित गर्ने भएको हो ।
कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौँमा हुने निर्वाचन समितिको कार्यतालिकालाई आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गरेको हाे ।
महाधिवेशनको मंसिर २४ गते उद्घाटन हुने भए पनि नयाँ नेतृत्वका लागि मंसिर २१ गते नै उम्मेदवारी मनोनयन हुने भएको छ । नेता गगन थापाका अनुसार २१ गते मनोनयन दर्ता, २४ गते महाधिवेशन उद्घाटन र २५ गते नयाँ नेतृत्वका लागि मतदान हुने भएकाे छ ।
कांग्रेसको महाधिवेशनमा नीति केन्द्रित बहस कम हुने गरेको थियो । नेतृत्व चयनको छायाँमा नीतिगत छलफल पर्ने भएकाले यस पटकदेखि कांग्रेसले पनि छुट्टै नीति महाधिवेशन गर्ने भएको हो । नीति महाधिवेशनको मिति भने तय भइसकेकाे छैन । छिट्टै मिति तोकिने कांग्रेसले जानकारी दिएकाे छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
प्रतिकृया दिनुहोस