वातावरण

चिसाे बढेकाे बढ्यै, प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली

काठमाडाैँ । आज २०७८ कार्तिक २९ गते (सोमबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशका प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश  १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावाना छ ।

यस्तै राति देशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा  रहने छ ।

वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेकाे छ ।

गाउँ सहर संवाददाता