गाउँ सहर
मुस्ताङमा हिमपहिरो, शिक्षक र विद्यार्थी घाइते
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | १४:४२:०० मा प्रकाशित
काठमाडाैं । मुस्ताङको थासाङ गाउँपालिका-२, याङ्दान खर्कमा गएको हिमपहिरो गएको छ ।
आईतबार विहान ११ बजेर ४० मिनेटको समयमा टुकुचे पिक हिमालबाट हिउँ पहिरो खसेको मुस्ताङ जिल्ला प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
हिमपहिरोको डरले भागदौड हुँदा ९ जना घाइते भएका छन् । हिमपहिरो खसेपछि भागदौड हुँदा मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका छन् ।
हिउँपहिरोबाट मानवीय क्षति भने नभएको उनले बताए ।
हिमपहिरो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। हिमपहिरोले मानवीय त्रास बढेको छ। अहिलेसम्मकै ठूलो हिमपहिरो भएको उनले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
- चितवनको विजयी सुरुवात, विराटनगरको हार
- नेप्से सूचक झिनो अंकले उकालाे, कारोबार रकम साढे ५ अर्ब माथि
- मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
- भोटेकोशी बाढीबाट भएको क्षतिमा २० अर्ब ९० करोडको बीमा दाबी, भुक्तानी २३ करोड मात्रै
- एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट
प्रतिकृया दिनुहोस