गाउँ सहर

पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट

बैंगलौर ।  भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम्  पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकर सँग भेट गरेका छन् ।

बैंगलौरस्थित गुरु रवि शंकरको आर्ट अफ लिभिङ्ग आश्रममा भएको भेटमा ढकालले गुरु रवि शंकरले विश्वमा मध्यात्मीक जागरण, मानव कल्याण र शान्तिको लागि पुर्याएकाे अतुलनीय योगदानको प्रंशसा गरे ।

अध्यक्ष ढकालल गुरु रबि शंकरको शिक्षाले नेपालका पनि लाखौँ नागरिक लाभान्वित भएकोमा नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गरे । विश्व शिखर सम्मेलनको विशेष दुतसमेत रहेका ढकालले गुरु रवि शंकरलाई विश्व शान्ति सम्मेलनमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्न आयोजकको तर्फ बाट आमन्त्रण पत्र हस्तान्तरण गरे ।

गुरु रवि शंकरले  नेपालका चचित युवा नेतालाई आफ्नो आश्रममा स्वागत गर्न पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण नेपाली हरुमा र विश्वशान्ति अभियानका सदस्यहरुमा सुख शान्ति र समृद्धि होस भनी कामना गरे । करीब ३० मिनेट  भएको भेटघाटमा नेपाल भारतबीचको पारस्परिक सम्बन्ध लाई थप सुदृढ  बनाउने विषय देखि दक्षिण एशिया र  सिङ्गो एशिया प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वको बारेमा पनि छलफल भएको थियो ।

गुरु रवि शंकरले यूनिभर्सल पिस फेडरेशनका संस्थापक डा .सन म्योङ्ग मून  र डा. हाक जा हान मुनको विश्व शान्तिको  अथक प्रयासको उच्च प्रशंसा गर्दै मदर मूनको  सुस्वास्थ्य दिर्घायुको कामना गरे । गुरु रवि शंकरलाई भेट्न पूर्व मन्त्री ढकाल, परिवार दलका प्रवक्ता  संतोष कुमार पौडेल  र दक्षिण एसियाली मामीलाका संयोजक कृष्ण अधिकारी सहभागी थिए ।

विश्वका १५५ राष्ट्रमा करिब ३७ करोड भक्त भएका गुरु रबि शंकर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि अति निकट व्यक्तित्व हुन् ।

पूर्वमन्त्री ढकाल ले केहिदिन अघिमात्र बिहार स्थित नालन्दा विश्वविद्यालयमा आयोजित विशेष सभामा सम्बोधन गर्नुको साथै बिहारका मुख्य मन्त्री नितेश कुमार लगायतका नेताहरुसँग भलाकुसारी समेत गरेका थिए ।

गाउँ सहर संवाददाता

तपाईँको मत