दिगोविकास

राजदूतहरु नियुक्त गर्दा भागबण्डा भन्दा छुट्टै साझा सूची पनि बनाऔं : श्रेष्ठ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतहरु नियुक्त गर्दा पार्टीहरुको भागबण्डा भन्दा छुट्टै साझा सूची पनि बनाउन आवश्यक रहेको बताएका छन् । 

आइतबार सामाजिक सञ्जालमार्फत् नेता श्रेष्ठले अघिल्लो सरकारले नियुक्त गरेका सबै राजदूतहरु फिर्ता बोलाउने सरकारको निर्णयलाई बेठिक भएको भन्दै पछिल्लोपटक सहभागी भएको गठबन्धनको बैठकमा असहमति जनाएको उल्लेख गरेका छन् । 

प्रधानमन्त्रीले तीन जना राजदूतको नियुक्ति गरिसकेको उल्लेख गर्दै नेता श्रेष्ठले अब बाँकी राजदूतहरु नियुक्ति गर्दा कम्तिमा पनि केही संख्या पार्टीहरुको भागबण्डा भन्दा छुट्टै साझा सूची बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

संविधान, कानून र लोकतान्त्रिक मूल्य मान्यता बिपरित नियुक्ति गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनु पर्ने त्यतिबेलाको बैठकमा आफूले बताएको उनले बताए। 

 

संविधान, कानून र लोकतान्त्रिक मूल्य मान्यता बिपरित नियुक्ति गरिएका, असक्षम र व्यवहारबाट नेपाल सरकारको प्रतिनिधित्व नगर्ने पुष्टी भएका राजदूतहरुलाई मात्र फिर्ता बोलाउनु पर्ने त्यतिबेलाको बैठकमा आफूले बताएको उनले बताए। 

'अन्यथा कुनै पार्टीमा नलागेका देशभक्त, स्वच्छ, योग्य र प्रतिभावान ब्यक्तिहरुले राष्ट्रसेवाको अवसर कहिल्यै नपाउने अबस्था बन्छ।त्यो देश र व्यक्ति दुबैका लागि अन्याय हुन्छ । सामान्य बेलामा अमुर्त राम्रा कुरा गर्ने तर, लागू गर्ने चाँही स्वार्थजन्य यथास्थितिवादी परम्परा हुने गरेकोले यसलाई तोड्ने साहास गरौ' उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

 

त्यसैगरि श्रेष्ठले सत्तागठबन्धनको बैठकहरुमा आफूलाई नबोलाएको भन्दै असन्तुष्टि पोखेका छन् । 

श्रेष्ठले प्रतिगमनबिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त हुने गरेको भएपनि अहिले त्यस्तो नभएको भन्दै असन्तुष्टि पोखेका हुन् । पछिल्लो समयम गठबन्धन शीर्ष नेताहरुको गठबन्धन जस्तो भएको उनको टिप्पणी छ । 

'प्रतिगमन बिरोधी संघर्षको समयमा गठबन्धनको सबै बैठकहरुमा उपस्थित भई छलफल गर्ने अवसर प्राप्त थियो।अनिवार्य जस्तै थियो सहभागिता,' सामाजिक सञ्जालमा नेता श्रेष्ठले लेखेका छन्, 'संघर्षको सफलतापछि पार्टीहरुको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धन जस्तो बनेपछि भने एकाध बैठकहरुमा मात्र आमन्त्रण अनुसार भाग लिएको छु ।'

गाउँ सहर संवाददाता

तपाईँको मत