आज एकै दिन गाई-गोरू र गोवर्द्धन पूजा गरिँदै
- गाउँ सहर संवाददाता
- १९ कार्तिक शुक्रबार, २०७८ | ०७:१५:०० मा प्रकाशित

काठमाडौं । यमपञ्चकको चौथो दिन आज एकै दिन गाई-गोरू र गोवर्द्धन पूजा गरिँदैछ ।
वैदिक सनातन कालदेखि नै गाईलाई पवित्र मानी पूजा गरिँदै आएको छ । गाईको पूजा गरी आजका दिन मिठा–मिठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाईपूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज गाईपूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।
आजै गोवद्धर्न पूजा पनि गरीन्छ । आजका दिन घर आागनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्द्धन पर्वतको आकृति बनाई पूजा गर्ने गरिन्छ ।
द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।
किसानहरुले आज वर्षभरि जमिन जोत्न र गाडा तान्न सहयोग गर्ने गोरुलाई विभिन्न परिकार बनाई खुवाउने र पूजा गर्ने गर्दछन् । यस दिनलाई हलि तिहार पनि भनिन्छ ।
नेपाल कृषिप्रधान देश भएकाले कर्मयोगी किसानहरूका लागि अत्यन्त आवश्यक जनावर गोरुको कर्मको महत्वलाई आत्मासाथ गरी गोरु पूजा गरिएको धार्मिक मान्यता छ ।
गोरु भगवान् शिवको वाहन पनि भएकाले र वर्षभरी कृषि कार्यमा सघाउने गोरुलाई श्रद्धापूर्वक पूजा गरिएको नेपाल पञ्चांग निर्णायक समितिका ज्यो. पं. सुर्यप्रसाद ढुगेंलले बताएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
प्रतिकृया दिनुहोस