नेकपा एमाले पोखरा ३३ को शुभकामना आदान प्रदान कार्यक्रम
- गाउँ सहर संवाददाता
- १८ कार्तिक बिहीबार, २०७८ | १६:४८:०० मा प्रकाशित

पोखरा । नेकपा एमाले पोखरा ३३ भरत पोखरीले बिहीबार नेपालिहरुका विभिन्न चाडपर्व बिजया दशमी, तिहार ,छठ तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी कास्की क्षेत्र न २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारीले देशको प्रमुख समस्या गरिबी नै भएको भन्दै नेकपा एमालेले मात्रै देशलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउने दाबी गरिन् ।
नेकपा एमाले कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेश सांसद कृष्ण थापाले वडा न ३३ ऐतिहासिक बिरासत बोकेको वडा भएको उल्लेख गरे ।
सो कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सदस्य रश्मि आचार्यले नेपाल दक्षिण एसियामा कसैको दास नबनेको भन्दै देशको स्रोत साधनको उच्चतम प्रयोगमा अबको राजनीति केन्द्रिकृत हुनुपर्ने बताए । पोखरा महानर कमिटी अध्यक्ष दिलिप न्यौपाने, कास्की जिल्ला कमिटी सचिवालय सदस्य युबराज पौडेल, वडा न ३३ का निवर्तमान अध्यक्ष गुरु प्रसाद क्रान्तिकारी, सो वडाका वडा अध्यक्ष शिव प्रसाद आचार्य, साबिक भरत पोखरी गाविस अध्यक्ष यज्ञ प्रसाद अधिकारी, नेपाली काङ्ग्रेस वडा न ३३ का उपाध्यक्ष गोबिन्द गौतम, सरस्वती टीका माबिका अध्यक्ष ऋषि राज आचार्य ,एमाले पोखरा महानगर कमिटी सफस्य चन्द्र पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
वडा कमिटीका अध्यक्ष दिपक राज लामिछानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष महेश्वर अर्यालले र संचालन सचिव शान्तिदेबि आचार्यले गरेकी थिइन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस