सहज रुपमा रेमिट्यान्स पठाउन एन आई सी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच सम्झौता
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १६:२८:०० मा प्रकाशित
काठमाडाैँ । विभिन्न मुलुकबाट नेपालको जुनसुकै स्थानमा रेमिट्यान्स रकम तुरुन्त पठाउन सकिने गरी एन आई सी एशिया बैंक र ट्रान्सक्यास इन्टरनेशनल (आईपे) बीच व्यवसायिक सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा यस बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र ट्रान्सक्यास इन्टरनेशनलको तर्फबाट क्षेत्रिय निर्देशक आकृति लामिछानेले हस्ताक्षर गरे ।
मलेसिया, जापान, हङकङ, सिंगापुर, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण कोरिया, अमेरिक, बेलायत र मध्यपूर्व (गल्फ) का विभिन्न देशहरुमा बस्दै आउनुभएका नेपालीहरूले अब बिना झन्झट आईपेको एजेन्टहरु, मोबाइल एप तथा वेबसाइट मार्फत यस बैंक तथा नेपालका अन्य कुनै बैंक खातामा तुरुन्त रेमिट्यान्स रकम पठाउन सकिने बैंकले बताएको छ ।
यस सुविधाका अलावा विदेशबाट आफूले इच्छाएको व्यक्तिको नाममा रेमिट्यान्स पठाई देशभर छरिएर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट्यान्स एजेन्टहरूमार्फत सहज रुपमा नगद बुझन सकिने व्यवस्था समेत रहेको उसले बताएको छ ।
यस व्यवसायिक सम्झौताबाट विदेशमा कमाएको रकम स्वदेशका सबै क्षेत्र, भेग, तह र तप्काका महानुभावहरूले बुझ्न सहज हुने बैंकले विश्वास लिएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस