प्रधानन्यायाधीशले तोके १२ इजलासमा २४८ मुद्दाको पेसी, बारमा कालोपट्टी बाँधेर आन्दोलन
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १२:२२:०० मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले आफूविरुद्ध इजलास बहिष्कार जारी राखेका बेला प्रधानन्यायाधीश राणाले १२ इजलासमा १४३ मुद्दाको पेसी तोकेका हुन् ।
उनले पूर्ण इजलास दुईसहित १२ वटा इजलासमा २ सय ४८ वटा मुद्दाको पेसी तोकेका हुन् ।
उता, प्रधानन्यायाधीश राणाविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेको छ ।
कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ताहरुले विरोध गरेका हुन् । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।
बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस