प्रधानन्यायाधीशले तोके १२ इजलासमा २४८ मुद्दाको पेसी, बारमा कालोपट्टी बाँधेर आन्दोलन
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १२:२२:०० मा प्रकाशित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आज पनि इजलास तोकेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले आफूविरुद्ध इजलास बहिष्कार जारी राखेका बेला प्रधानन्यायाधीश राणाले १२ इजलासमा १४३ मुद्दाको पेसी तोकेका हुन् ।
उनले पूर्ण इजलास दुईसहित १२ वटा इजलासमा २ सय ४८ वटा मुद्दाको पेसी तोकेका हुन् ।
उता, प्रधानन्यायाधीश राणाविरुद्ध चरणवद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसन नेपालले आज आइतबारदेखि कालोपट्टी बाँधेर दैनिक एक घण्टा धर्ना दिन सुरू गरेको छ ।
कालो कोटमा कालो पट्टि लगाएर अधिवक्ताहरुले विरोध गरेका हुन् । बारका महासचिव लीलामणि पौडेलले तिहार बिदासम्म पनि राजीनामा नआए थप आन्दोलनका कार्यक्रम घोषणा हुने बताए ।
बारले जबरालाई राजीनामा दिन पाँच दिने अल्टिमेटम दिएको थियो । आगामी मंगलबारसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय बारले गरिसकेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस