प्रधानन्यायाधीशको राजीनामा माग्दै बार परिसरमा आन्दोलनका कार्यक्रम
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | ०९:३७:०० मा प्रकाशित
काठमाडौं । नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई इजलासमा नबस्न माग गर्दै सर्वाेच्च अदालत परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्दै छ ।
प्रधानन्यायाधीश राणालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।
कानुन व्यवसायीहरुले आगामी बुधबारसम्म प्रत्येक दिन बिहान १०– ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाधेर विरोध कार्यक्रम गर्ने शुक्रबारको बार बैठकले निर्णय गरेको थियो ।
बुधबारसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बारले आग्रह गरेको छ। सो अवधिसम्म पनि राजीनामा नदिए थप आन्दोल गर्ने बारको भनाइ छ ।
आन्दोलित न्यायाधीशहरुको समर्थनमा बारले समेत सर्वोच्चमा तोकिएको इजलासमा बहस गरेको छैन । न्यायालयको विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बार र सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका छन् । बारले कार्तिक १७ गतेसम्म प्रत्येक दिन सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोसी बाढीबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो, ३९ सय १६ सम्पर्कविहीन
- राष्ट्रियसभाले पारित गर्यो विशेष प्रस्ताव
- करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
प्रतिकृया दिनुहोस