प्रधानन्यायाधीशको राजीनामा माग्दै बार परिसरमा आन्दोलनका कार्यक्रम
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | ०९:३७:०० मा प्रकाशित
काठमाडौं । नेपाल बार एसोसियसनले आज प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई इजलासमा नबस्न माग गर्दै सर्वाेच्च अदालत परिसरमा कालोपट्टि बाँधेर विरोध प्रदर्शन गर्दै छ ।
प्रधानन्यायाधीश राणालाई पदबाट राजीनामा दिन माग गर्दै नेपाल बार एसोसिएसनले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ ।
कानुन व्यवसायीहरुले आगामी बुधबारसम्म प्रत्येक दिन बिहान १०– ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाधेर विरोध कार्यक्रम गर्ने शुक्रबारको बार बैठकले निर्णय गरेको थियो ।
बुधबारसम्म प्रधानन्यायाधीशलाई राजीनामा दिन नेपाल बारले आग्रह गरेको छ। सो अवधिसम्म पनि राजीनामा नदिए थप आन्दोल गर्ने बारको भनाइ छ ।
आन्दोलित न्यायाधीशहरुको समर्थनमा बारले समेत सर्वोच्चमा तोकिएको इजलासमा बहस गरेको छैन । न्यायालयको विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै बार र सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आएका छन् । बारले कार्तिक १७ गतेसम्म प्रत्येक दिन सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
प्रतिकृया दिनुहोस