खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
- गाउँ सहर संवाददाता
- १२ कार्तिक शुक्रबार, २०७८ | २२:२०:०० मा प्रकाशित
काठमाडौं । पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ ।
खाना पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेको छ ।
हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८८५ अमेरिकी डलर पुगेकाे छ ।
यसअघि निगमले भदौ ७ गते पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढाएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्राप्त प्रतिक्रिया
जुनै जोगि आए पनि कानै चिरिएको??? जनतालाई हुने सरकार कहिले आउने हो ????
कमसिन हावी भयाे।
प्रतिकृया दिनुहोस