खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो
- गाउँ सहर संवाददाता
- १२ कार्तिक शुक्रबार, २०७८ | २२:२०:०० मा प्रकाशित
काठमाडौं । पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य फेरि बढेको छ । आजराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको हो । मूल्यवृद्धिसँगै पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ ।
खाना पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेको छ ।
हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेकाे छ । जसअनुसार आन्तरिक हवाई इन्धनकाे नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनकाे मूल्य प्रति किलाेलिटर ८८५ अमेरिकी डलर पुगेकाे छ ।
यसअघि निगमले भदौ ७ गते पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढाएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चित्रमा हेर्नुहाेस् कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार)सम्मकाे माैसम
- खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड
- कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ, चार केन्द्रीय सदस्यको रोकियो
- पोखरामाथि सुदूरपश्चिमको जित
- तीन महिनामै व्यापार घाटा साढे ५ खर्ब नजिक, ३५ प्रतिशतले वृद्धि
- तीन पटक बत्ती जाँदाको एक दृश्य
- एनपीएल खेलमा आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै
- मौसम पूर्वानुमान: डरलाग्दाे चक्रवात ‘अर्नब’ कहिले भित्रिदैछ नेपालमा ?
- लेखनाथ जेसिजको जेसिज सप्ताह–२०२६, विभिन्न कार्यक्रम हुँदै
- भारी हिमपातको जोखिम : कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न आग्रह
प्राप्त प्रतिक्रिया
जुनै जोगि आए पनि कानै चिरिएको??? जनतालाई हुने सरकार कहिले आउने हो ????
कमसिन हावी भयाे।
प्रतिकृया दिनुहोस