पाकिस्तानकाे आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | ०७:२९:०० मा प्रकाशित

काठमाडौं । पाकिस्तानले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । सारजाहमा मंगलबार राति भएको खेलमा न्युजिल्याण्डलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले लगातार दोस्रो जित निकालेको हो ।
यस अघि पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । न्युजिल्याण्डले भने हारबाट विश्वकपको सुरुआत गरेको छ ।
न्युजिल्याण्डले दिएको १ सय ३५ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ४ बलमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
पाकिस्तानको जितमा मोहमद रिजवानले ३३ रन जोडे । यस्तै शोयब मलिक र आसिफ अलीले अविजित रहदै समान २७ रन बनाए । यस्तै फखर जमान, मोहमद हाफिज र इमाद वासिम समान ११ रनमा आउट भए । कप्तान बाबर आजम ९ रनमा आउट भए ।
न्युजिल्याण्डका इश सोधीले २ विकेट लिए । मिचेल स्टानर, टिम साउथी र ट्रेन्ट बोल्टले १/१ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन बनाएको थियो । न्युजिल्याण्डका लागि डेभोन कोन्वे र डार्य्ल मिचेलले २७/२७ रन जोडे ।
कप्तान केन विलियम्सनले २५ रन जोड्दा मार्टिन गुप्टिलले १७ तथा ग्लेन फिलिप्सले १३ रन बनाए ।
पाकिस्तानका हरिस राउफले ४ विकेट लिए । शहिन साह अफ्रिदी,इमाद वासिम र मोहमद हाफिजले १/१ विकेट लिए ।
जितसँगै पाकिस्तानले २ खेलमा ४ अंक जोडेको छ । समूह २ मा रहेको पाकिस्तान शीर्ष स्थानमा रहेको छ । न्युजिल्याण्ड अंक विहीन रहेको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस