स्वास्थ्य

महामारीको समयमा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सन्देश जारी गर्दै महामारीको बेलामा किशोरकिशोरीले आफ्नो मानसिक स्वास्थ्यको कसरी ख्याल गर्ने बारेमा बताएको छ ।

उसले भनेको छ— विद्यालय र कलेज कहिले खुल्ने कहिले बन्द हुने हुँदा, सामाजिक कार्यक्रमहरु कम हुँदा र दिनदिनै भेट हुने, गफगाफ गर्ने साथीसंगी छुट्दा, उसै त गाह्रो किशोरावस्थाको समयमा झनै अफ्ट्यारो थपिएको हुनसक्छ । महामारीको बेलामा किशोरकिशोरीले आफ्नो स्वास्थ्यको हेरचाह गर्न निम्न कुरा गर्न सक्नुहुन्छ ।

  • महामारीको बेला डर र चिन्ता सामान्य हो भन्ने बुझ्नुहोस् ।
  • आफूलाई मनपर्ने काममा आफूलाई व्यस्त राख्नुहोस् ।
  • साथीसंगीसँग घुलमिल हुने नयाँ उपाय खोज्नुहोस् र परिवारसँग समय बिताउनुहोस् ।
  • आफू र अरुप्रति दयालु हुनुहोस् ।
  • नजिकका साथी वा अभिभावकसँग आफ्ना भावना साटासाट गर्नुहोस् ।

गाउँ सहर संवाददाता

तपाईँको मत