पोखराको संस्कृत क्याम्पसमा छात्र भोजन गृह निर्माण
- गाउँ सहर संवाददाता
- ८ कार्तिक सोमबार, २०७८ | १९:४२:०० मा प्रकाशित

पोखरा । पोखरा महानगरपालिका वडा नं १ भीमकालीपाटनस्थित विन्दुवासिनी संस्कृत विद्यापीठ क्याम्पसमा छात्र भोजन गृह निर्माण गरिएको छ । कास्कीको रुपा गाउँपालिका निवासी ई किरिटी सुवेदी (हाल अमेरिका, इम्पावर नेपाल फाउन्डेशन) को १२ हजार अमेरिकी डलर आर्थिक सहयोगमा दुई कोठे भोजन गृह निर्माण गरिएको हो ।
गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले एक कार्यक्रमकाबीच नवनिर्मित छात्र भोजन गृहको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले संस्कृत शिक्षासँगै हाम्रा प्राचीन संस्कृतिलाई पर्यटनसँग जोड्नुपर्ने बताए ।
विद्यापीठ विकास समितिका अध्यक्ष परशुराम बरालले विभिन्न साथ र सहयोगमा विद्यापीठ वर्तमान अवस्थामा आइपुगेको बताउँदै पोखरामा संस्कृत माध्यमिक विद्यालय र विद्यापीठबीच एकआपसमा सहकार्य गर्दै अघि बढेको बताए ।
विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मीले छात्रावास निर्माण भैसकेको र छात्र भोजन गृह अपरिहार्य रहेका अवस्थामा निर्मित भवन अध्ययनरत विद्यार्थीका लागि बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे ।
विद्यापीठ विकास समितिका संस्थापक अध्यक्ष लीलाभक्त आचार्य, पूर्व प्राचार्य प्रा.डा.शालिग्राम सुवेदी, विद्यापीठ विकास समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद बराल, विद्यापीठका पूर्व विद्यार्थी एवम् रासस गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेल, वडाध्यक्ष शारदा पराजुली, संस्कृत मावि व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारी, सहयोगदाता किरिटी सुवेदी, विद्यार्थी प्रविणचन्द्र बराल लगायतले विद्यापीठलाई संस्कृत शिक्षाको आकर्षक गन्तव्य बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिएका थिए ।
उक्त अवसरमा भोजन गृह निर्माणमा सहयोग गर्नुहुने किरिटी सुवेदीलाई विद्यापीठका तर्फबाट सम्मानपत्र प्रदान गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस