गाउँ सहर
प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्मका लागि स्थगित
- गाउँ सहर संवाददाता
- ७ कार्तिक आइतबार, २०७८ | १५:४८:०० मा प्रकाशित

काठमाडाैं । प्रदेश १ को प्रदेश सभा बैठक आउँदो कात्तिक १५ गतेसम्मका लागि स्थगित गरिएको छ ।
प्रदेश सभा सचिवालयले आज आइतवार सूचना निकालेर बैठक स्थगित भएको जानकारी दिँदै कात्तिक १५ गते दिउँसो साढे १२ बजे बस्ने जानकारी गराएको हो ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तारुढ दल नेकपा एमालेले बैठकको मिति सार्न लिखित अनुरोध गरेका कारण बैठक सारिएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
मुख्यमन्त्री भीम आचार्यले आइतबार विश्वासको मत लिने कार्यसूची थियो । एमाले विभाजन भएपछि तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
प्रतिकृया दिनुहोस