मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित
- गाउँ सहर संवाददाता
- ५ कार्तिक शुक्रबार, २०७८ | १५:४५:०० मा प्रकाशित
काठमाडाैँ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम (IFC) तथा SME Finance Forum द्वारा आयोजना गरेको र G20's Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ ।
सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।
साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु-याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई SME Financier of The Year- Asia विधामा सम्मानित भएको हो । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस