मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित
- गाउँ सहर संवाददाता
- ५ कार्तिक शुक्रबार, २०७८ | १५:४५:०० मा प्रकाशित
काठमाडाैँ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम (IFC) तथा SME Finance Forum द्वारा आयोजना गरेको र G20's Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक लि. सम्मानित भएको छ ।
सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।
साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु-याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई SME Financier of The Year- Asia विधामा सम्मानित भएको हो । यस सम्मानले बैंकलाई भविष्यमा यस साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको छ । बैंकले यस अघि युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।
साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पोखरा–२९ स्थित आदर्श युवा क्लबको अध्यक्षमा हमाल
- जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार
- मधेशी युवालाई वक्ताहरूको आह्वान : अब अरूको मुख नताकौँ, आफैँ नेतृत्व गरौँ
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
प्रतिकृया दिनुहोस