स्वास्थ्य

कोरोनाभाइरस जितेर निको हुने ९७.२ प्रतिशत, सक्रिय संक्रमित ११ हजार ३१५

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार ३२६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४९ जनाको परीक्षण गर्दा नयाँ ५४५ संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ७२६ छन् । योसहित कुल निको हुनेको संख्या ७ लाख ८४ हजार ८८१ पुगेको छ ।

देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ३१५ छ ।

पूर्ण खोप लगाउनेको संख्या ६५ लाख ४६३ पुगेको छ । पछिल्लो दिन २३ हजार ५६८ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।

अहिले ५७ जिल्लामा सय कम संक्रमित, ५०० मुनि १४ र ५०० बढी संक्रमित हुने जिल्ला ४ रहेका छन् ।

मुगु र मुस्ताङ शुन्य संक्रमित जिल्ला भएका छन् ।

गाउँ सहर संवाददाता