ग्लोबल आइएमई बैंकको २८१ औँ शाखा खुसिबु काठमाण्डौमा
- गाउँ सहर संवाददाता
- १ कार्तिक सोमबार, २०७८ | १८:०७:०० मा प्रकाशित

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका –१७, खुसिबुमा २०७८ कार्तिक १ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा संख्या २८१ पुगेको छ ।
यसैगरि बैंकले आजैबाट मोरङ जिल्ला सुनबर्षी नगरपालिका –२, अमरदहमा नयाँ एक्सटेन्सन काउन्टर पनि सञ्चालनमा ल्याएको छ । नयाँ एक्सटेन्सन काउन्टरको सुरुवातसँगै बैंकको एक्सटेन्सन काउन्टर संख्या (राजश्व संकलन काउन्टर सहित) ४८ पुगेको छ । यस अमरदह एक्सटेन्सन काउन्टर डाँगीहाट शाखाअन्तर्गत रहने छ ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २६ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा २८१ शाखा, २५१ एटीएम, २६० शाखा रहित बैंकिङ्ग सेवा, ४८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८४० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस