जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, ६ घाइते
- गाउँ सहर संवाददाता
- २९ असोज शुक्रबार, २०७८ | ११:४३:०० मा प्रकाशित
.jpeg)
गुल्मी । गुल्मीमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु छ । अरु ६ जना घाइते भएका छन् ।
बुटवलबाट गुल्मीको सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज ४४९० नम्बरको जिप बिहीबार राति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको हो ।
दुर्घटनामा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका-३ चुँदारीकी १९ वर्षकी सङ्गिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा राति नै ज्यान गएको हो ।
दुर्घटनामा चालक कमल थापा, खिमा थापा, जुना थापा, सुमित्रा सुनार, राधा केसी र राजु थापा घाइते भएका छन् । घाइते भएकाहरुमध्ये पाँचजनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एकजनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस