सिटिजन बैंक लुटपाटमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | २०:५८:०० मा प्रकाशित

मोरङ । धनपालथान गाउँपालिका-४ स्थित कर्सियाको बिपि चोकमा रहेको सिटिजन बैंकबाट नगद लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई १ थान कटुवा पेस्तोल सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा विराटनगर उपमहानगरपालिका-८ बस्ने ३२ वर्षीय श्याम मुखिया, भारत अररिया गोराहा-४ बस्ने ३० वर्षीय बिजय सहनी र भारत सेखपुरा-५ बस्ने २८ वर्षीय सुनिल यादव रहेका छन् ।
उक्त बैंकमा मोटरसाइकलमा आएका हतियारधारी समूहले बैंकको गार्डलाई गोली प्रहार गरी घाइते बनाई नगद लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयबाट लुटपाटमा संलग्नहरुको खोजी गर्ने क्रममा प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरीले लुटपाटमा संलग्नमध्ये को.२५ प ३८९९ नम्बरको मोटरसाइकलमा सवार ३ जनालाई कटुवा पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । साथै घाइते भएका लुटपाटमा संलग्न बिजय सहनीको प्रहरीको निग्रानीमा रङगेली अस्पतालमा उपचार भइरहेको छ भने गोली प्रहारबाट घाइते भएका बैंकका गार्ड रंगेली नगरपालिका-२ बस्ने ४० वर्षीय सितल कुमालको विराटनगर न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।
लुटपाटमा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
प्रतिकृया दिनुहोस